FAQs Complain Problems

समाचार

नोवेल कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने ? हेर्नुहोस स्वास्थ्य विभागको संदेश

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि सर्वसाधारणका लागि जनचेतनामुलक संदेश जारी गरेको छ । नोवेल कोरोना भाइरस प्रभावित देशहरुबाट आउने मानिसहरुमा दुई हप्ता भित्र रुघाखोकी लागेमा, ज्वरो आएमा, घाँटी÷टाउको दुखेमा, श्वासप्रश्वासमा अत्याधिक समस्या भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न विभागले जारी गरेको संदेशमा भनिएको छ ।

नोवेल कोरोना भाइरसका मुख्य लक्षणहरुः

  1. १०४.४ फरेनहाइट भन्दा माथि ज्वरो आएमा ।
  2. श्वास प्रश्वासमा अत्याधिक समस्या आएमा ।
  3. रुघा खोकी नियमित भएमा ।

आफू र अरुलाई कसरी बचाउने ?

  1. नियमित रुपमा साबुन पानीले हात धुने ।
  2. खोक्दा र हाच्छिउँ गर्दा नाक र मुख छोप्ने ।
  3. फ्लू जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने ।
  4. फ्लू जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने । 
  5. जंगली तथा घरपालुवा पशुपन्छीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने ।
  6. पशुजन्य मासु तथा अन्डा राम्रोसँग पकाएर मात्र खाने ।

आर्थिक वर्ष: