FAQs Complain Problems

समाचार

रुवी भ्याली वडा नं १ मा अवस्थित पाङ्साङ गेट

Read More

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८०, रुवी भ्याली, सेर्तुङ धादिङ

Read More

गाउँपालिकाकाे स‌क्षिप्त परिचय

उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्ला बागमति प्रदेशमा अवस्थित छ । साविकको तिप्लिङ गा.वि.स., सेर्तुङ गा.वि.स. र लापा गा.वि.स.को सम्पुर्ण भुभाग समेटेर यो गाउँपालिकाको घोषणा भएको हो। यस रुवीभ्याली गाउँपालिका विश्वमानै दुर्लव बहुमुल्य खनिज रुवी यस पालिकामा प्रसस्त मात्रामा पाउन सकिन्छ । विश्वको हरेक ठाँउमा रुवी पाउन सकिन्छ तर गुणस्तरमा हेर्ने हो भने धादिङ जिल्लाको यस पालिकामा पाइने रुवी विश्वमानै नम्बर एकमा पर्ने भएकोलेनै यस पालिकाके नाम रुवी भ्याली गाउँपालिका नामकरण गरिएको हो। भू-आकृतिमा झन्डै गेलाकार आकारमा रहेको रुवीभ्याली गाउँपालिकाको भौगोलिक फैलावट पूर्वमा रसुवा जिल्ला,पश्चिममा गोरखा जिल्ला, उत्तरमा चीन तिब्बत र दक्षिणमा खनियाबास गाउँपालिका र गङ्गाजमुनासँग जोडिएको छ । पाविल हिमाल, गाणेश हिमालको काखमा रहेको यो पालिकाको मनोरंम हिमदृश्य ,हिमालय पर्बत बाट उत्पति भई यस गाउपालिकाको बीच भाग र जिल्लाको पनि लगभग बीच भागमा अविरल बग्ने आंखु खोलाको सौन्दर्यता, प्राकृतिक सम्पदाको रुपमा यस पालिकामा रहेको कालो दह, सेतो दह, ताताे पानी कुण्ड, पाङसङ भ्यु, माने डाँडा, नाग पोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेश कुन्द, मेल्बु दरबार ईत्यादि सांस्कृतिक विविधता एवं सामाजिक संयोजन रूपी संगमस्थलको रुपमा पनि परिचित छ।

जन प्रतिनिधि

अध्यक्ष
९८५१२१२१६८
उपाध्यक्ष
९७४९४६४६७६

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9851170713
अधिकृत सातौं तथा सूचना अधिकारी
९८४७१८१२६८